दफा
वर्तमान स्थिति

३ वर्तमान स्थिति

औद्योगिक विकासका लागि विगतमा संचालन गरिएका विभिन्न प्रयासहरूका वावजूद देशमा औद्योगिकीकरणले आशातीत गति लिन नसकेको यथार्थ हामी सामु विद्यमान छ । कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १० प्रतिशत पनि पुग्न नसकेको तथ्य हाम्रा सामु चुनौतीका रूपमा खडा छ । देशको अर्थतन्त्र अद्यापि परम्परागत कृषि प्रणाली र विप्रेषण (रेमिटेन्स) मा अत्यधिक निर्भर रहेको छ । देशमा औद्योगिक विकासको प्रर्याप्त संभावना हुदाहुदै पनि उपयुक्त व्यवस्थापन क्षमताको अभावमा विद्यमान स्रोत, साधन र सम्भावनाहरूको उचित दोहन गर्न सकिएको छैन । यसबाट उपलब्ध कच्चा स्रोत एवं साधन खेर जानु, विकराल बेरोजगारी र अर्ध—
बेरोजगारीको समस्या उत्पन्न हुन गई देशमा विद्यमान श्रमशक्ति न्यून बेतनमा बैदेशिक रोजगारी तर्फ लाग्न बाध्य हुनु जस्ता विविध प्रकारका समस्याहरू राष्ट्रले भोग्नु परिरहेको छ । यसैबीच नेपाल विश्व व्यापार सङ्गठनको पनि सदस्य भएको छ र विश्व बजारसँग
यसको आवद्धता विस्तार भएको छ । छिमेकी मुलुकहरूमा भएको तीव्र औद्योगिकीकरण र प्रतिस्पर्धाले नेपाली उद्योगहरूले विश्वव्यापी प्रतिस्पर्धालाई आँकलन गरी उत्पादकत्वमा अभिवृद्धि र व्यवसायिक कुशलताको प्रदर्शन गर्नुपर्ने छ । त्यस्तै नेपाली उद्योगहरूले गुणस्तरमा सुनिश्चितता, व्यवसायिक कारोवारमा पारदर्शिता एवं बजारको नियमित अध्ययन र पकडमा थप कोसिस गर्नुपर्ने स्थिति भएको छ । सरकारीस्तरबाट उद्योगको संरक्षण गर्ने वातावरण नरहेको हुँदा तालीम, सूचना आदानप्रदान, लगानीमैत्री वातावरणको निर्माण, औद्योगिक मेला, आदि विभिन्न औद्योगिक प्रवद्र्धनका कार्यव्रmमहरू मार्पmत नेपाली उद्योगहरूलाई बढावा दिनुपर्ने अवस्था छ । त्यसका लागि विद्यमान नीतिमा समयानुकूल परिवर्तन गरी जारी गरिएको यस नीतिको कार्यान्वयनबाट देशमा ठूला उद्योगहरूको स्थापना भै रोजगारी बढ्ने, लघु उद्यम, घरेलु तथा साना उद्योगहरूको व्यापक विकास भै स्वरोजगारी बढ्ने, नेपाली श्रम र सीपको उपयोग हुने र देशमा औद्योगिक विकासले गति लिने अपेक्षा गरिएको छ ।